+
+

हनुमान घाटमा माधवनारायणका व्रतालु (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते १२:१७

१२ फागुन, काठमाडौं । श्री स्वस्थानी व्रत कथाको आज अन्तिम दिन पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका ठाउँमा व्रतालुहरूको घुइचो लागेको छ ।

स्वस्थानीको समापनअघि माधवनारायणका व्रतालुहरू भक्तपुरको हनुमान घाट पुगेका छन् । एक महिनासम्म चल्ने व्रतका क्रममा उनीहरू अन्तिम दिन हनुमान घाटमा पुगेर मन्दिर परिक्रमाका साथै स्नान गरेका हुन् ।

माधव नारायण भगवान विष्णुको अर्को नाम भनिन्छ ।विष्णुलाई १२ महिनामा १२ वटा नामले पुकारिन्छ र पूजा गरिन्छ ।

माघ महिनामा माधव नाम हुने भएकाले स्वस्थानीसँगै माधव नारायणको व्रत, पूजा र उपासना गरिन्छ । यसमा खासगरी पुरुषहरु पनि व्रत बस्ने र पूजा गर्ने गर्दछन् ।

तस्वीर : विकास श्रेष्ठ

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?