
१२ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मन्त्रीहरुको मात्र सोचले देश परिवर्तन गर्न सम्भव नहुने बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो ५/७ वटा पार्टीले मात्रै बनाएर बन्ने होइन, तीन करोड नेपालीका ६ करोड हातहरु संयमित रुपमा क्रियाशील हुनुपर्छ ।’
निर्यात गर्न नसके पनि नेपालले आयात मात्रै प्रतिस्थापन गरे सपन्नताको सुनिश्चितता हुने उनको दाबी थियो ।
अब राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको पनि मन्त्री राईको भनाइ छ । अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न बन्न नसकेको उनको धारणा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4