
१३ फागुन, काठमाडौं । नेकपा एमालेकी सांसद विजुला रायमाझीले संसदमा शून्य र विशेष समयमा उठेका विषयहरूमा सरकार जवाफदेही नभएको बताएकी छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले जनताका प्रतिनिधिले शून्य समयमा जनताका विषय उठाउने हो । तर, सरकारले सुन्न नसक्ने र देख्न नसक्ने भान हुन थालेको बताइन् ।
शून्य र विशेष समयमा उठेका विषयमा सरकारको जवाफ माग गर्दा सदन चल्न नदिएको आरोप खोप्नुपर्ने अवस्था आएको भन्दै उनले प्रश्न गरिन्, ‘के प्रतिपक्षको काम कोरम पुर्याउने मात्रै हो ? जनताका प्रतिनिधिले जनता र राज्य कमजोर हुने विधेयक आँखामा पट्टी बाँधेर पास गर्नुपर्ने हो ? र, पीडितको पक्षमा सदनमा बोल्दा सत्ता पक्षलाई सुन्न मिल्दैन ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4