+
+

सन नेपाल लाइफको बोनस सेयर घोषणा, २७ प्रतिशत हकप्रद पनि जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १२:०३

१३ फागुन, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट २३.८ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको  सञ्चालक समिति बैठकले सो बोनस सेयरका लागि आवश्यक १.२५२६ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । कम्पनीले बोनस सेयर दिएपश्चात कायम हुने चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद सेयर पनि निष्कासन गर्ने भएको छ ।

‘बीमा प्राधिकरणको निर्देशन बमोजिम ५ अर्ब चुक्ता पूँजी पुर्‍याउन बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत हकप्रद सेयर जारी गर्न बीमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभामा प्रस्ताव गरिनेछ’ कम्पनीले भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?