
१३ फागुन, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट २३.८ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सो बोनस सेयरका लागि आवश्यक १.२५२६ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । कम्पनीले बोनस सेयर दिएपश्चात कायम हुने चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद सेयर पनि निष्कासन गर्ने भएको छ ।
‘बीमा प्राधिकरणको निर्देशन बमोजिम ५ अर्ब चुक्ता पूँजी पुर्याउन बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत हकप्रद सेयर जारी गर्न बीमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभामा प्रस्ताव गरिनेछ’ कम्पनीले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4