+

मेरुदण्डको संरचना कस्तो हुन्छ ?

२०८० फागुन  १३ गते १३:१९ २०८० फागुन १३ गते १३:१९
मेरुदण्डको संरचना कस्तो हुन्छ ?

मेरुदण्ड एक लामो, नरम ट्युब जस्तो हड्डीको संरचना हो । जुन मस्तिष्कदेखि कम्मरसम्म फैलिएको हुन्छ । यो शरीरको पछाडिपट्टि हड्डीहरुको लामो स्तम्भ जसरी बसेको हुन्छ । यो आफैंमा एउटा खम्बा हो, जुन ४५ सेन्टिमिटर लामो हुन्छ ।

स्नायु प्रणालीको मुख्य अंगमध्ये एक मेरुदण्डलाई मानिन्छ । किनकि दिमागबाट निस्कने नसाहरुको झुण्ड मेरुदण्डसम्म पुग्छ । यी झुण्डमा हुने स्नायु र कोषले दिमागबाट सूचना ल्याएर अन्य शरीरको बाँकी भागमा सन्देशहरू लैजान्छन् ।

यसको संरचना

मेरुदण्डमा तीन तहको तन्तु (मेनिन्ज)ले ढाकेको हुन्छ । स्पाइनल कर्ड र मेनिन्जहरू मेरुदण्डको बीचबाट बग्ने मेरुदण्ड र मेनिन्जहरू बीचको किनारमा हुन्छन् ।

मेरुदण्डमा ३३ वटा हड्डीहरु हुन्छन्, जसलाई भर्टिब्रा भनिन्छ । भर्टिब्रा गर्दनमा सातवटा सर्भाइकल भर्टिब्रा हुन्छन् । गर्दनमुनि र कम्मरमाथि गरी १२ वटा थोरासिक भर्टिब्रा र कम्मरमा हुनेलाई लम्बर पाँच भर्टिब्रा भनिन्छ । कम्मरमुनि स्याक्रम र कोक्सिस भन्ने भर्टिब्रा नौवटा हुन्छ ।

यी भर्टिब्रा अर्थात् हड्डीहरुले मेरुदण्डलाई सुरक्षा दिएको हुन्छ । यसमा हुने कार्टिलेजबाट बनेको डिस्कले चल्न र हिंड्न मद्दत गर्छ । हड्डी जोड्न लिगामेन्ट, जोर्नी मांसपेशीले ढाकेको हुन्छ । शरीरमा मांसपेशी, तन्तु, फोक्सो, मुटु जस्ता अंग मेरुदण्डको वरपर टाँसिएर बसेका हुन्छन् ।

मेरुदण्डमा कुनकुन स्नायु पर्छन् ?

मेरुदण्डमा ३१ जोडी स्नायु र स्नायुका जराहरू छन् ।

८ जोडी सर्भिकल नर्भ जोडी – यो नसा घाँटीबाट सुरु भएर अनुहार र टाउकोसम्म पुगेको हुन्छ ।

१६ जोडी  थोरासिक नर्भ – यो शरीरको माथिल्लो भागमा हुन्छ । जुन छातीबाट फैलिएर पेटसम्म पुगेको हुन्छ ।

५ जोडी लम्बर नर्भ – यो स्नायु कम्मरदेखि खुट्टा र त्यसको औंलासम्म फैलिएको हुन्छ ।

५ जोडी स्कारल नर्भ – यो स्नायु तल्लो कम्मर देखि फैलिएर पेलेभिकसम्म फैलिएको हुन्छ ।

कार्य

हामीले मेरुदण्डमा हुने स्नायुले दिने विद्युतीय सन्देशले कुनै कुरा अनुभव गर्न र कुन अंग कसरी चल्छ त्यो निर्धारण गर्छ ।

यसको मुख्य काम भनेको नसाहरुबाट शरीरको चालको सन्तुलन बनाइराख्नु हो । मेरुदण्डले शरीरलाई आकार दिन्छ । मेरुदण्डले शरीरलाई आकार दिन्छ ।

त्यसबाहेक यसले मेरुदण्डले टाउको र शरीरको भारलाई बहन समेत गर्छ । सास फेर्न, मुटुको दरलाई स्थिर राख्न सहयोग गर्छ ।

समग्र शरीरलाई सन्तुलनमा राख्छ । सिधा बस्न, सुत्न, हिंड्डुल गर्न, ढाड निहुरिन, पछाडि हेर्न पनि मेरुदण्डकै कारणबाट सम्भव भएको छ ।

यी क्रियाकलापमा यसले चालमा नियन्त्रण गर्ने काम गर्छ ।

के कस्ता समस्या देखिन्छन् ?

कुनै दुघर्टना र रोगले मेरुदण्डलाई असर गर्छ । र, यसमा लाग्ने रोग गम्भीर खालका हुन्छन् । किनभने यसमा समस्या हुने बित्तिकै शरीरका अन्य भाग पनि नचल्न सक्छ । जस्तै, पिसाब चुहिएको थाहा नहुनु वा नियन्त्रण नहुनु, पक्षघात, हातखुट्टा नचल्नु ।

जन्मजात समस्या (कन्जनाइटन डिफरमिटी)

जन्मजात समस्या हुँदा जन्मिंदै मेरुदण्डको बनावट बिग्रिन सक्छ । यस्तोमा कसैमा हडडीको कुनै एक भाग नजोडिएर खाली हुन्छ । खाली भएको भागबाट नसा निस्किएर छालामा आएर टाँसिन्छ । यस्तो अवस्थामा बच्चाको ढाडमा डल्लो देखापर्छ ।

चोटपटक

कुनै पनि सडक दुघर्टना, लड्दा वा मारपिटको कारण स्पाइनल कर्डमा चोटपटक तथा भाँचिन सक्ने सम्भावना हुन्छ ।

बढ्दो उमेर

उमेर बढ्दै गएपछि हड्डी खिइने, मेरुदण्डमा भएका कुरकुरे हड्डी नसामा च्यापिने, मेरुदण्डको र्जोनीहरु ठूलो भएर नसामा निस्किने प्वाल साँघुरो हुँदै जान्छ, जसले नसालाई समेत असर गरिरहेको हुन्छ ।

मेकानकिल ब्याक पेन

धेरैजसोलाई वयस्क भएपछि मेरुदण्डसम्बन्धी समस्या हुन्छ । जसलाई ‘मेकानिकल ब्याक पेन’ समस्या भनिन्छ  । मुख्य कारण लामो समयसम्म एकै ठाउँमा गलत तरिकाले बस्नु, निहुरिएर भारी सामान उचाल्नु हो । शरीरको ‘पोस्चर’ नमिल्दा मांसपेशी खुम्चिएर बस्छ, जसले दुखाइ बढ्छ ।

मेरुदण्डको संक्रमण

शरीरको कुनै पनि भागमा हुने संक्रमण सजिलै मेरुदण्डसम्म फैलिन सक्छ । जस्तै, छातीमा क्षयरोग भएकोलाई मेरुदण्डको क्षयरोग हुने जोखिम हुन्छ । ढाडको दुखाइसँगै ज्वरो आएमा पनि संक्रमण हुने जोखिम बढ्छ ।

क्यान्सर तथा टयुमर

शरीरको अन्य भागमा भएको क्यान्सर जस्तै, स्तन क्यान्सर, फोक्सो, थाइराइड र प्रोस्टेट जस्ता क्यान्सर पनि पछि फैलिएर मेरुदण्डसम्म पुग्न सक्छ । जुन मेटाटाक्सिस स्पाइनल क्यान्सर हुन सक्छ ।

पहिचान तथा उपचार

यदि ढाड दुख्ने समस्या छ भने कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ । सामान्य दुखाइ भएमा औषधिले निको हुन्छ । फिजियोथेरापी गरेर समेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।

मेरुदण्डमा चोट लागे सबैभन्दा पहिले चोटले नसालाई असर गरेको छ कि छैन भनेर एक्सरे, सिटिस्क्यान र एमआरआई गरेर हेर्नुपर्छ ।

त्यस्तै, मेरुदण्डमा चोट लागेर हड्डी भाँचिएर सरेमा नसामा चोट लाग्ने सम्भावना हुन्छ । हड्डी सरेको छ भने शल्यक्रिया गरेर किला पाता राखेर त्यसलाई सिधा बनाएर जोडिन्छ । त्यसको लागि आराम गरेर नै हड्डी जोडिन्छ ।

प्यारालाइसिस नै भएको छ भने मेरुदण्डमा चोट लागेर नसामा असर गरेको छ भने शल्यक्रिया गर्नुपर्छ ।

कसरी स्वस्थ राख्ने ?

मेरुदण्डलाई स्वस्थ राख्न केही अभ्यास गर्न सकिन्छ ।

-पोषणयुक्त आहार जसमा फलफूल, तरकारी, व्होल ग्रेन, राम्रो बोसो र प्रोटिन भएका खानेकुरा सन्तुलन मिलाएर खानुपर्छ ।

-दैनिकजसो शरीरलाई लचिलो बनाउने व्यायाम गर्नुपर्छ ।

-लामो समयसम्म एकै ठाँउमा बसेर काम नगर्नुहोस् ।

-मदिरा, धुम्रपान तथा सुर्तीजन्य पदार्थ खान हुँदैन ।

-निरन्तर कुनै पनि शारीरिक काम नगर्ने र दिनको एकपटक २० मिनेट जति पैदल हिंड्नुपर्छ ।

डा. दीपेन्द्र पाण्डे मेरुदण्ड
डा. दीपेन्द्र पाण्डे
लेखक
डा. दीपेन्द्र पाण्डे
वरिष्ठ हाडजोर्नी सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२८७ एमबीबीएस, एमएस (अर्थोपेडिक) फेलोसिप इन ट्रमा (बंगलादेश) राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र त्रिशूली अस्पताल नुवाकोटमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रुपमा कार्यरत, कोशी अस्पतालका सिनियर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय