+
+

सांसद ढकालको प्रश्न– सरकारलाई ब्युँझाउन सिंहदरबारमा गाईभैंसी हुलिदिनुपर्ने हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १३:१६

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले कृषि मन्त्रीलाई दूध किसानहरुले नपाएको भुक्तानीको विषयमा प्रश्न उठाएका छन् ।

दूध पोखेर किसानहरुले सांकेतिक विरोध गरेको भन्दै उनले प्रश्न गरे, ‘कृषि मन्त्री र सरकारलाई ब्युँझाउन सिंह दरबार र बालुवाटारमा किसानले गाईभैंसी हुलिदिनुपर्ने हो ?’

सांसद ढकालले किसानहरुले आन्दोलनको तयारी गरेको समेत सुनाए ।

कृषि मन्त्रीलाई प्रश्न गर्दै उनले भने, ‘प्रणय बन्धन भन्दा पनि प्रेमिल गठबन्धनको कृषि मन्त्रीले मनलाग्दी नियुक्ती बाहेक अर्को के गर्नु भयो ? कृषि क्षेत्र र किसानका लागि गरेको एउटा काम भनिदिनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?