
१३ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी मनिष डागीको घरमा चोरी भएको छ । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको तीन तले घरमा ६ फागुनको साँझ चोरी भएको थियो । नगद, गरगहना समेत गरी ४५ लाख रुपैयाँ चोरी भएको थियो ।
चोरीमा संलग्न रहेको आरोपमा प्रविण तामाङ, राजन श्रेष्ठ र अनुप तामाङलाई पक्राउ गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4