
१३ फागुन, काठमाडौं । कार्यविभाजनको विषयमा गृहकार्य नपुगेको भन्दै नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आइतबार केही समय बसेर सकिएको छ ।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक मंगलबार पुनः बस्नेछ । ‘कार्यविभाजन र अभियानको गृहकार्यका लागि भनेर बैठक मंगलबार सम्मका लागि सरेको छ’, सापकोटाले भने, ‘थप गृहकार्यसहित मंगलबार पुनः बैठक बस्नेछ ।’
माओवादी केन्द्रले आगामी १ चैतदेखि सुरु गर्ने भनिएको अभियानलाई मध्यनजर गरी सांगठिनक जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ । गत शुक्रबार बसेको बैठकले यस विषयमा प्रारम्भिक छलफल गरे पनि आज टुंगोमा पुग्ने निर्णय गरेको थियो ।
माओवादीले विधान अधिवेशनपछि नयाँ अभियानलाई केन्द्रीत गरी प्रदेश इन्चार्जसहित नेताहरूको कार्यविभाजन गर्ने तयारी गरेको छ । साथै, यसअघि सम्पन्न चार महिने अभियानमा खटेका कार्यकर्ताको मूल्यांकन गरी सम्मान र कारवाहीको विषयमा पनि माओवादी स्थायी कमिटीले निर्णय गर्ने छ ।
प्रतिक्रिया 4