१३ फागुन, काठमाडौं । केपी ओली कप प्रतियोगिता २०८०को दोस्रो खेलमा न्युरोड टिम (एनआरटी)ले थ्रीस्टार क्लबलाई १–०ले पराजित गरेको छ । यस जितसँगै एनआरटी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि खेलको २९औं मिनेटमा विवेक गुरुङले गरेको गोल नै निर्णायक भएको हो । २९ औं मिनेटमा विवेकले फ्रि किकमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
आजको खेलमा एनआरटीसँग पराजित भएसँगै थ्री स्टार क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
आजको दोस्रो खेल भन एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे दुई विभागीय डर्बी त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबिच हुनेछ ।
यस प्रतियोगिताको फाइनल खेल फागुन १९ गते दशरथ रंगशालामा हुनेछ ।
प्रतिक्रिया 4