
१३ फागुन, काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा पहिलो दिन नै मागभन्दा ३ गुणा धेरै आवेदन परेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ताका लागि आवेदन माग गरेकोमा पहिलो दिन आइतबार साँझ ५ बजेसम्म ८६ लाख ६० हजार ६४० कित्ताका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
कम्पनीको आईपीओमा १ लाख ५६ हजार २०७ जनाले आवेदन दिएका छन् । फागुन १६ गतेसम्म सीडीएसको अनलाइन प्रणाली मेरोसेयरमार्फत आईपीओमा आवेदन दिन सकिने छ । बुक बिल्डिङ विधिबाट पहिलो पटक यस कम्पनीको आईपीओको मूल्य निर्धारण भई सर्वसाधारणमा बिक्री खुला भएको हो ।
यो पद्दतीबाट आईपीओ जारी गर्ने कम्पनीमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्छ । तसर्थ आईपीओ भर्न कम्तीमा १८ हजार ४५ रुपैयाँ चाहिन्छ । सो रकम बैंक खातामा मौज्दात नभएमा आवेदन नै रद्द हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4