+

रियललाई ८ अंकको अग्रता

२०८० फागुन  १४ गते ७:३२ २०८० फागुन १४ गते ७:३२
रियललाई ८ अंकको अग्रता

१४ फागुन, काठमाडौं । लुका मोडरिचले दोस्रो हाफमा गरेको गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा आइतबार राति सेभियालाई १-० ले पराजित गरेको छ ।

यस जितपछि रियलले दोस्रो स्थानको बार्सिलोनामाथि ८ अंकको फराकिलो अग्रता समेत बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि ३८ वर्षीय मोडरिचले ८१औं मिनेटमा गोल गरे ।

त्यसअघि लुका भजक्वेजले गोल गरेपनि भिएआरले मान्यता दिएन ।

जितपछि रियलले २६ खेलबाट ६५ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ५७ अंक छ ।

सेभिया २६ खेलबाट २४ अंकसहित १५औं स्थानमा छ ।

रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय