+
+

‘युनाइटेड कलेजले विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १२:५६

काठमाडौं । ललितपुरको कुमारीपाटी स्थित युनाइटेड एकेडेमी शिक्षण संस्थाहरूको भीडभाडमा छुट्टै पहिचान बनाउन सफल छ । २६ वर्षे शैक्षिक यात्रा पूरा गरी २७ औं वसन्तमा चलिरहेको युनाइटेड एकेडेमी ग्रुप (यूएजी) कै व्यवस्थापनमा २०५९ सालमा युनाइटेड कलेजमा स्थापना भएको हो ।

स्नातक तहमा बीबीएस, बीबीएम, बीए र बीसीएको अध्यापन हुने यो कलेजमा स्नातकोत्तर तहमा एमबीएसको समेत अध्यापन हुँदै आएको छ । यी सबै कार्यक्रमहरू त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित छन् ।

के ११-१२ मा धेरै विद्यार्थीको रोजाइमा पर्ने युनाइटेड एकेडेमी जस्तै युनाइटेड कलेज पनि विद्यार्थीको रोजाइमा परिरहेको छ त ?, कलेजको विशेषता के के छन् ?, विद्यार्थीहरूले युनाइटेड कलेज नै किन रोज्ने ? लगायतका विषयमा कलेजका प्रिन्सिपल डा. लाल रापचासँग गरिएको कुराकानीको सम्पादित अंश :

युनाइटेड कलेजको विशेषता के हो ?  

युनाइटेड कलेज पूर्णतः वैज्ञानिक र अनुशासित वातावरणमा पढाइ हुने कलेज हो । मानविकी, व्यवस्थापन र आईटीको अध्ययन-अध्यापनमा विशिष्टता हासिल गराउने उद्देश्यले यो कलेजको स्थापना गरिएको हो । उद्देश्य अनुसार नै अध्यापन अघि पनि बढिरहेको छ । आवश्यक भौतिक र शैक्षिक पूर्वाधारहरूको प्रयोग गर्दै आफ्ना विद्यार्थीहरूलाई सबै किसिमका चुनौती र समस्याहरूको सामना गर्न सक्षम बनाउनुलाई कलेजले आफ्नो मुख्य लक्ष्य बनाइएको छ ।

विद्यार्थीहरूले युनाइटेड कलेजलाई नै किन रोज्ने ?  

सकारात्मक अनुशासनमा रहन, रोजगारीको अवसर पाउन, बृहत्तर पूर्व विद्यार्थी सञ्जालमा जोडिन, कलेज टु कर्पोरेट संस्कृतिको विकास गर्न, उद्यमशीलतामा प्रवेश गर्न, १० क्लबहरूमा आबद्ध भएर अतिरिक्त नेतृत्व कलाहरू विकास गर्न, प्रविधिमा दक्ष बन्न, छात्रवृत्तिको उचित अवसर पाउन लागि नै विद्यार्थीहरूले युनाइटेड कलेजलाई रोज्नु पर्दछ ।

युनाइटेड कलेजमा हाल कति विद्यार्थी अध्ययनरत छन् ? 

कलेजमा अहिले स्नातक र स्नातकोत्तर तह गरी कुल ४०० प्लस विद्यार्थी अध्ययनरत छन् ।

यहाँको पठन विधि कस्तो छ ?   

कलेजले शिक्षण प्रविधिको आधुनिक र विद्यार्थी–अनुकूल विधिहरू अपनाउँदै कमजोर विद्यार्थीहरूलाई मद्दत गर्न निःशुल्क ट्युटोरियल कक्षाहरू प्रदान गर्ने गरेको  छ । माइक्रो तथा एनुअल कार्य योजनाहरू मार्फत् प्राप्त ज्ञानलाई व्यावहारिक बनाउने ज्ञान पनि विद्यार्थीहरूले यहाँ पाउँछन् । विवेकपूर्ण अनुशासन, धेरै परीक्षा र विद्यार्थीका समस्या सुन्न र क्षमता पहिल्याउन शैक्षिक परामर्श टोलीको व्यवस्था यस एकेडेमी तथा कलेजको थप विशेषताहरू हुन् ।

युनाइटेडले सैद्धान्तिक शिक्षालाई मात्र जोड दिएको छ कि व्यावहारिक शिक्षालाई पनि ? 

व्यावहारिक शिक्षालाई नै पहिलो प्राथमिकता दिइएको छ ।  अहिले अध्ययन-अध्यापनको अर्थ कोरा ज्ञानको दायराबाट बाहिर निस्किसकेको छ । व्यावहारिक शिक्षाको मिर्मिरे पहिल्याउने जागरण चलेको छ । वर्तमान समयमा परम्परागत शैलीमा मात्रै दिइएको ज्ञानले अर्थ राख्दैन । शिक्षालाई समय अनुसार परिवर्तन गरी व्यावसायिक र रोजगारमुखी बनाउनुको विकल्प छैन ।  त्यही दौडमा छ युनाइटेड कलेज ।

लामो शैक्षिक इतिहास भएको यस कलेजले के कस्तो जनशक्ति उत्पादन गरेको छ ? 

युनाइटेडमा पढेका विद्यार्थीहरूमा प्रस्तुति कलामा निखार, समूह छलफल तथा बहसमा निपूर्णता र नयाँ प्रविधिमा आधारित सिकाइमा अब्बल लगायतका गुणहरू पाइन्छन् । यस्ता विशेष गुणहरूकै कारण युनाइटेडबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू आज हरेक क्षेत्रमा अब्बल बनेका छन् भने आफू संलग्न भएको क्षेत्रको नेतृत्व गर्न सफल भएका छन् । साथै अहिले कलेजले स्नातक तहमा बीएलाई ब्युँताएर सोसल वर्क थप्ने योजनामा छ भने बीबीएसको सेक्सन बढाएर भर्ना जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?