१४ फागुन, काठमाडौं । काठमाडौंमा शनिबारदेखि नेपाल पाकिस्तान फ्रेण्डसिप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता खेलाइने छ ।
समूह एमा आयोजक पाकिस्तान दूतावास क्रिकेट क्लब, नेक्सस क्रिकेट एकेडेमी र ओएसिस क्रिकेट एकेडेमी छन् ।
यस्तै समूह बीमा क्रिकेट एक्सिलेन्सी सेन्टर, वाईवाई जीएचसीए र नेपाल राइनोज छन् ।
समूह सीमा स्टार क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब र एञ्जल्स हर्ट एकेडेमी छन् ।
समूह डीमा एचके क्रिकेट क्लब, हिमालय क्रिकेट एकेडेमी र ली क्रिकेट एकेडेमी छन् । समूह विजेताले सेमिफाइनल खेल्ने छन् ।
प्रधानमन्त्री कप, केपी ओली कप, एभरेष्ट प्रिमियर कप ईपीएल लगायतका राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भइसकेका खेलाडीले यो प्रतियोगिता खेल्न नपाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4