+
+

समयमै कारोबारको राफसाफ कार्य नगरेपछि सिप्ला सेक्युरिटिज कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १७:३८

१४ फागुन, काठमाडौं । सेयर कारोबारको समयमै राफसाफ तथा फछर्यौट कार्य नगरेको भन्दै नेपाल स्टक एक्स्चेन्जले सिप्ला सेक्युरिटिजलाई कारबाही गरेको छ । कारबाहीस्वरुप सो कम्पनीलाई ३ कार्य दिनका लागि निलम्बन गरिएको नेप्सेले जनाएको छ ।

सेयर कारोबार सम्पन्न भएको ३ दिनभित्र खरिद गर्नेले सेयर पाउने र बिक्री गर्नेले रकम पाउनुपर्ने व्यवस्था छ । अर्थात् ३ दिनभित्र राफसाफ भइसक्नुपर्ने व्यवस्था छ । सोअनुसार कम्पनीले राफसाफ कार्य नगरेकाले निलम्बनका लागि सीडीएस एण्ड क्लियरिङले पठाएको पत्रअनुसार कम्पनीलाई कारबाही गरिएको नेप्सेले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?