
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् ।
सोमबार बेलुका ट्वीट गर्दै राष्ट्रपतिले आचार्यको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
दुःखको घडीमा स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत राष्ट्रपतिले व्यक्त गरेका छन् ।
वरिष्ठ गायक तथा संगीतकार एवं भजन शिरोमणीको उपाधिबाट समेत प्रसिद्ध भक्तराज आचार्यको निधनको खबरले स्तब्ध भएकोछु । दुःखको यस घडीमा स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
— President of Nepal (@OOP_Nepal) February 26, 2024
भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षिय संगीतकार आचार्यको सोमबार अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।
उनको पार्थिव शरिरलाई मंगलबार बिहान ९ बजे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने र ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।
प्रतिक्रिया 4