+
+

माथिल्लो तामाकोशीको लिलामी सेयरमा आवेदन दिनेले अझै फिर्ता पाएनन् पैसा

खाता नम्बर नमिल्दा समस्या भयो, बुधबारदेखि चेक नै दिन्छौं : बिक्री प्रवन्धक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते ९:०२

१५ फागुन, काठमाडौं । माथिल्लो तामाकोशीको लिलामी सेयर खरिदका लागि भन्दै रकम भुक्तानी गरेका सयौंले अझै रकम फिर्ता पाएका छैनन् । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले रकम फिर्तामा ढिलाइ गर्दा आवेदकले रकम फिर्ता नपाएका हुन् ।

हकप्रद निष्कासनमा नबिकेको सेयर पुस १३ देखि २९ गतेसम्म लिलामी बिक्रीका लागि आवेदन खोलिएको थियो । सो लिलामी सेयर नपाउनेहरुलाई क्यापिटलले माघ २२ गतेदेखि रकम फिर्ता प्रक्रिया थालेको थियो ।

तर कतिपयको बैंक खाता नम्बर र विवरण नमिलेकाले आईपीएसमार्फत रकम फिर्ता हुन नसकेको क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । आईपीएसबाट रकम फिर्ता हुन नसकेकाहरुलाई अर्को ४–५ दिनपछि नै चेकमार्फत फिर्ता गर्न सकिने भए क्यापिटलको ढिलाइले ३ साता समय लम्बिएको छ । कम्पनीका अनुसार हालसम्म रकम फिर्ता हुन नसकेकाहरुलाई बुधबार (फागुन १६)देखि रकम फिर्ता हुनेछ ।

‘उपत्यकाभित्र नागरिक लगानी कोषमा बुझाएकाहरुको हकमा कोषको कार्यालय नयाँ बानेश्वरबाट तथा लक्ष्मी सनराइज क्यापिटलमा बुझाएकाहरुको हकमा क्यापिटलको कार्यालय कमलपोखरीबाट चेक बुझ्न अनुरोध गरिन्छ’ क्यापिटलले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?