१५ फागुन, काठमाडौं । निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै नामिबियाले त्रिकोणात्मक टी-२० सिरिजमा नेपाललाई २०७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मंगलबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।
लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् ।
मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।
लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन् । मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिए ।
प्रतिक्रिया 4