
१५ फागुन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत अमेरिका भ्रमणमा जाने भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत १ देखि ९ गतेसम्म अमेरिकाको बाशिङटन डिसीमा हुने विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिप्लेसमेन्टको दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत आयोजनासम्बन्धी बैठकमा अर्थमन्त्री र सचिव सहितको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिएको हो ।
बैठकले परराष्ट्रमन्त्री एनपी साउद र सचिव सेवा लम्सालको भारत भ्रमण पनि स्वीकृत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4