
काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टार कलाकारसहित ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भोजपुरी अभिनेत्रीहरु आँचल तिवारी, सिमरन श्रीवास्तव, गायक छोटू पाण्डे र विमलेश पाण्डेको दुर्घटनामा मृत्यु भएको छ ।
बिहारको कैमुरको देवकाली गाउँ नजिकैको जीटी रोडमा आइतबार साँझ यो सडक दुर्घटना भएको हो । सोमबार बिहान मृतकहरुको सनाखत भएको मोहनियाका डीएसपी दिलीप कुमारले जानकारी दिएका छन् । मृत्यु हुने अन्य पाँच जना पनि उक्त गाडीमै सवार थिए ।
प्रत्यक्षदर्शीका अनुसार एसयूभी कार र मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल र एसयूभी अर्को लेनमा पसेका थिए । त्यसपछि अगाडिबाट आएको तीव्र गतिको ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएका छन् ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि मृतकप्रति श्रद्धाञ्जली दिएका छन् ।
*यसअघि प्रकाशित समाचारमा आँचल तिवारीको अमेजन सिरिज ‘पञ्चायत’ उल्लेख हुन गएकोमा सच्चाइएको छ ।
प्रतिक्रिया 4