
काठमाडौं । भारतीय गजल गायक पंकज उदासको पार्थिव शरीरलाई मुम्बईको वर्लीस्थित हिन्दू शवदाह गृहमा अन्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरमा भारतको झण्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।
प्याङ्क्रियाज क्यान्सरका कारण उदासको सोमबार ७२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई मंगलबार बिहान मुम्बईस्थित उनको घरमा ल्याइएको थियो ।
उदासको शवयात्रामा चर्चित भारतीय संगीतकर्मीको बाक्लो उपस्थिति थियो । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय संगीतकर्मी र बलिउड स्टारहरुले शोक व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4