+
+

संगीतकार सापकोटाले फोटो पत्रकारलाई अवरोध गरेको भन्दै पिजे क्लबको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते २२:१८

काठमाडौं । भजन शिरोमणी भक्तराज आचार्यको श्रद्धाञ्जली कार्यक्रममा फोटो खिच्न अवरोध गरेको भन्दै फोटो पत्रकार क्लबले आपत्ति जनाएको छ ।

क्लबले विज्ञप्ति जारी गर्दैै संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले फोटो पत्रकारलाई दुव्र्यवहार गरेको जनाएको छ ।

क्लबका महासचिव प्रकाशचन्द्र तिमल्सिनाले विज्ञप्ति जारी गर्दै संस्थाका सदस्य तथा गोरखापत्र दैनिकका फोटो पत्रकार सुजन गुरुङलाई गलहत्याउँदै ‘यो कार्यक्रमको छायांकन गर्नु पर्दैन’ भनेर दुव्र्यवहार गरेको जनाएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्- उक्त घटनाले प्रेस स्वतन्त्रता र सूचना संकलन गर्न पाउने पत्रकारको संवैधानिक मौलिक हकमाथि हस्तक्षेप गर्न खोजिएको क्लबको ठहर छ । आम सरोकारको विषयमा समाचार तथा फोटो संकलनमा वाधा पुर्याउन खोज्नु कुनै पनि अवस्थामा स्वीकार्य छैन ।’

सापकोटाले गल्ती स्वीकार गर्दै क्षमा याचना गर्न क्लबको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?