+
+

विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते ९:३२

काठमाडौं । मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का अभिनेता विराज भट्टको आगामी एक्सन-थ्रीलर ‘१२ गाउँ’को लिड-फिमेलमा अनुबन्धित भएकी छन् ।

निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबीच लिखित सम्झौता भएको छ । यो फिल्मबाट विराजका छोरा समीरले पनि अभिनयमा डेब्यु गर्दैछन् । यो फिल्मको निर्माण एवं निर्देशन विराज आफैले गर्दैछन् ।

छायांकन चैत १५ गतेदेखि नेपाल र भारतमा हुनेछ । अर्को एक लिड-एक्टर तय हुन बाँकी रहेको जनाइएको छ ।

२०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो । ‘साङ्लो’बाट पूर्वमिस नेपाल निकिता चाण्डकले डेब्यु गरेकी थिइन् ।

न्यान्सीको कुरा गर्दा, मिस नेपाल इन्टरनेसनलको २०२२ को संस्करणमा उनले जापानमा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाइन् । टेलिभिजन भिजे र संचारकर्मी समेत रहेकी उनले गतवर्ष अनलाइनखबरसँग कुरा गर्दैै फिल्ममा अभिनय गर्ने रुचि रहेको बताएकी थिइन् ।

न्यान्सीको ब्याचकी मिस नेपाल प्रियंकारानी जोशी अहिले विश्व सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी छिन् । लाइनअप हेर्दा विराज भट्टको आगामी फिल्म रोचक हुने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?