+
+

बीवाईडी गाडी किन्ने भाग्यशाली ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १८:०९

१६ फागुन, काठमाडौं । चिनियाँ मोटर बीवाईडीको नेपालस्थित अधिकृत वितरक सिमेक्स इन्स प्रालिले ‘नेपाली अब यूरो कपमा’ योजना सार्वजनिक गरेको छ ।

उसले सार्वजनिक गरेको योजना अनुसार नेपालमा बीवाईडीका गाडी किन्ने मध्ये ११ जना भाग्यशाली क्रेताले जर्मनीमा गएर युरोकप फुटबल प्रत्यक्ष हेर्न पाउने छन् ।

आफ्ना ग्राहकहरूलाई फुटबलको प्रतिष्ठित महोत्सवको प्रत्यक्ष अनुभव गर्ने एक अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य अनुसार यो योजना ल्याएको सिमेक्स इन्स प्रालिले जनाएको छ ।

बीवाईडी आउँदो जुन १४ देखि जर्मनीमा सुरु हुन लागेको युरो कप फुटबलको इमोबिलिटी पार्टनर हो । न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता मानिएको बीवाईडी पहिलो पल्ट युरोकपमा साझेदार बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?