
मायालुले नहेर्दा मलाई वास्तै नगर्दा
यो मन मेरो चरक्कै चरक्कै चर्कन्छ
भनेको केही नटेर्दा पराइले झैं गर्दा
आँखा मेरो दरक्कै दरक्कै दर्कन्छ
गायक सुनिल गिरीले नयाँ गीत ‘चरक्कै’ ल्याएका छन् । सुनिलकै शब्द तथा संगीत रहेको गीतलाई गण्डक क्षेत्रको रोदी शैलीमा निर्माण गरिएको छ ।
गुरुङ समुदायका दुई युवायुवतीको प्रेममा सामाजिक अन्धविश्वास बाधक बनेपछि आउने उतारचढावको कथा गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गणेशमान घले र जुना गुरुङको अभिनय रहेको भिडियोलाई सुनिल गिरी स्वयंले निर्देशन गरेका छन् । भिडियो कथा पनि उनकै हो । भिडियोमा विवेक विकको छायांकन छ भने सम्पादन र कलर संयोजन मनोज कार्कीले गरेका हुन् । गीतको छायांकन धादिङको रुबी भ्यालीमा गरिएको हो ।
गीत ‘सुनिल गिरी’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4