१६ फागुन, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति निर्धारण गरिएको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८१ साल बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रण गर्ने निर्णय पनि गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव हंशराज वाग्ले, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण विकास मन्त्रालयका सचिव चूडामणि फुयाल, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य–सचिव जयप्रकाश भट्टराई, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंह, राखेपका सदस्यद्वय अञ्जन धमला र प्रकाशकुमार कुसारी, युवा तथा खेलकुद मन्त्रालयका उप सचिव विष्णु भट्टराई, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतको उपस्थित थिए ।
राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले ७ सय ५३ स्थानिय तह मध्ये अधिकांशमा छनोट प्रतियोगिता सम्पन्न भइसकेको र केहिमा हुने क्रममा रहेको जानकारी गराए ।
बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रण गर्नेलगायत निर्णय पनि गरेको छ ।
प्रतिक्रिया 4