+
+

सुनको भाउ बढ्दा चाँदी स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते ११:३२

१७ फागुन, काठमाडौं । बिहीबार सुनको भाउ बढ्दा चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँ बढेको छ ।

बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । विगत दुई सातामा सुनको मूल्य १ हजार ९ सय रुपैयाँ बढेको छ । फागुन ३ गते सुनको मूल्य तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार पनि अघिल्लो दिनकै मूल्य तोलामा १ हजार ३७५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?