+
+

देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीलाई डाके

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १३:४१

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीलाई डाकेका छन् ।

देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने गरी उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका हुन् । बैठक बिहीबार दिउँसो ३ बजेका लागि डाकिएको छ ।

सभापति देउवा निकट एक शीर्ष तहका नेताका अनुसार राष्ट्रिय सभा अध्यक्ष, केन्द्रीय समितिको बैठक आव्हान लगायतमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसका नेताहरुले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी उम्मेदवार बनाइएको दाबी गरेका छन् ।

देउवाले बोलाएको छलफलमा केन्द्रीय समिति बैठक बोलाउने मितिका बारेमा पनि कुरा हुने भएको छ । ७ देखि १० फागनुसम्म बसेको महासमिति बैठकले प्रतिवेदनहरु केन्द्रीय समितिबाट परिमार्जन सहित पारित हुने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?