+
+

पोखरामा कर्मचारीले गलत रसिद प्रिन्ट गर्दा सेवाग्राहीलाई जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १७:३६

१७ फागुन, पोखरा । गत १८ पुसमा वडा कार्यालयमा सम्पत्ति कर बुझाउन गएका पोखरा महानगरपालिका–१ बगरका धर्मराज गुरुङले कर्मचारीले भनेअनुसार नै १४ हजार रुपैयाँ बुझाएर घर फर्किए ।

घर आएर रसिद हेर्दा रसिदको दायाँ र बायाँ दुबैतर्फको भागको प्रिन्ट नबुझिने खालको थियो । यस्तो नबुझिने रसिद मान्य नहुने थाहा पाएपछि उनी १५ फागुनमा फेरि वडा कार्यालयमा रसिद सच्याउन पुगे । त्यहाँका कर्मचारीले बिग्रिएको रसिदको प्रतिलिपी निकाल्नुपर्ने भन्दै गुरुङसँग रसिदको प्रतिपाना एक सय रुपैयाँ मागे । दुई पाना रसिदको प्रतिलिपी निकाल्दा उनले दुई सय रुपैयाँ बुझाए ।

आफूले गर्दै नगरेको गल्तीमा २०० जरिवाना लिएपछि आक्रोशित हुँदै गुरुङले यो नगरपालिका हो कि लुटेरा हो भन्दै प्रश्न गरेका छन् । ‘यस्तो त निरंकुशकालमा पनि थिएन’, उनले लेखेका छन् ।

महानगरपालिकाको प्रिन्टरमा मसी सकिएको समस्यामा सेवाग्राहीलाई जरिवाना तिराएको भन्दै उनले लेखेका छन्, ‘गल्ती अफिसको हो किन सेवाग्राहीमाथि थोपर्ने ?’

आफू त कर्मचारीले रसिद दिँदा गरेको गल्ती सच्याउन गएको भन्दै उनले त्यसमा पनि पैसा लिनु लुट भएको गुरुङले गुनासो गरे ।

महानगरपालिकाले भने यस्तो गल्तीमा सेवाग्राहीबाट पैसा लिने नियम नै रहेको दाबी गरेको छ । सूचना अधिकारी कृष्णप्रसाद तिवारी प्रतिलिपी रसिद निकाल्दा सफ्टवेयरले १०० रुपैयाँको बिल निकाल्ने बताउँछन् ।

‘कहिलेकाहीँ प्रिन्ट गर्दा मिति, नामथर, अंक मिस्टेक हुन जान्छ । एउटा बिग्रिएपछि ठ्याक्कै पहिलेजस्तो रसिद निकाल्न सिस्टमले दिँदैन’, उनले भने, ‘प्रतिलिपी भन्नेबित्तिकै १ सय रुपैयाँ जोडिने भएकाले लिनुपरेको हो । यस्तो आक्कल झुक्कल हुन्छ, सधैं होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?