+

फाइनल खेल्ने आशा कायमै राख्न नेपालले नामिबियालाई हराउनै पर्ने

२०८० फागुन  १७ गते १८:१३ २०८० फागुन १७ गते १८:१३
फाइनल खेल्ने आशा कायमै राख्न नेपालले नामिबियालाई हराउनै पर्ने

१७ फागुन, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजमा भोलि शुक्रबार नामिबियासँग पराजित भए नेपालले फाइनल खेल्न नपाउने समीकरण बनेको छ ।

नेदरल्यान्ड्स नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नामिबियाले नेपाललाई पहिलो खेलमा २० रनले हराएको थियो । शुक्रबारको खेल जितेमा नामिबियाको ४ अंक हुनेछ ।

नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउँदा २ अंक मात्रै हुन्छ । त्यसैले नेपाल नामिबियासँग पराजित भएमा फाइनल खेल्न नपाउने समीकरण प्रष्ट बनेको हो ।

फाइनल खेल्ने संभावना कायमै राख्न नेपालले शुक्रबार नामिबियालाई हराउनै पर्ने हुन्छ । नेपाल बाँकी दुबै खेलमा विजयी भएमा ४ अंक हुनेछ ।

यस्तो स्थितिमा फाइनल खेल्न नेपालले अन्य टोलीको नेट रनरेट र नतिजामा भर पर्नुपर्ने हुन्छ ।

नेपाल बाँकी दुबै खेलमा विजयी भएमा र आइतबार नामिबियाले नेदरल्यान्ड्ससँग हारेको खण्डमा भने सोझै फाइनलमा पुग्नेछ ।

शीर्ष दुई टोलीले त्रिकोणात्मक सिरिजको फाइनल खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।

नेपाल भर्सेस नामिबिया नेपाल भर्सेस नेदरल्याण्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय