१८ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो झट्का लागेको छ ।
३.४ ओभरमा कप्तान रोहित पौडेल आउट भएका छन् । उनले ९ बलमा २ चौकाको मद्दतमा १० रन बनाए । उनी आउट हुँदा नेपालको स्कोर ३० रन छ ।
यसअघि ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।
नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन् ।
प्रतिक्रिया 4