+
+

सांसदको प्रश्न – कृषि मन्त्री कहाँ हुनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १२:०९

१८ फागुन, काठमाडौं । सांसदहरुले दूध किसानको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।

दुग्ध किसानहरु आन्दोलित हुँदा समेत सरकारले उनीहरुको मागका सम्बन्धमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले सरकारको जवाफ खोजेका हुन् ।

केही दिन यता लगातार रुपमा दुग्ध किसानहरुले आफ्नो दूध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक दृश्य देखेर सरकारको मन किन छुँदैन ?’ सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भने, ‘कृषि मन्त्री कहाँ हुनुहुख्न्छ ? सरकार के गर्दैछ ? संसदले जान्नु पर्‍यो ।’

एमालेका सांसद सूर्य थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले पनि दूध किसानको भुक्तानीको विषयमा सरकारको धयानाकर्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?