
१८ फागुन, काठमाडौं । सांसदहरुले दूध किसानको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।
दुग्ध किसानहरु आन्दोलित हुँदा समेत सरकारले उनीहरुको मागका सम्बन्धमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले सरकारको जवाफ खोजेका हुन् ।
केही दिन यता लगातार रुपमा दुग्ध किसानहरुले आफ्नो दूध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक दृश्य देखेर सरकारको मन किन छुँदैन ?’ सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भने, ‘कृषि मन्त्री कहाँ हुनुहुख्न्छ ? सरकार के गर्दैछ ? संसदले जान्नु पर्यो ।’
एमालेका सांसद सूर्य थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले पनि दूध किसानको भुक्तानीको विषयमा सरकारको धयानाकर्षण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4