+
+

द्वन्द्वग्रस्त मुलुकमा पठाउने व्यक्ति र एजेन्सीलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १४:०७

१८ फागुन, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले द्वन्द्वग्रस्त मुलुकको सेनामा भर्ना हुन नेपाली पठाउने व्यक्ति र एजेन्सीलाई कारबाहीको दायरमा ल्याउन सरकार क्रिाशील रहेको बताएका छन् ।

राष्ट्रिय सभामा शून्य र विशेष समयमा सांसदहरुले रुसी सेना र युक्रेनी सेनामा नेपालीहरु भर्ना हुन गएको सम्बन्धमा सरकारको जवाफ माग गर्दै आएका थिए ।

शुक्रबार जवाफ दिँदै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनामा भर्ना हुन जानलाई निरुत्साहित गर्ने र यस्तो कार्यमा सघाउनेलाई कानुनी कारबाही हुने बताएका हुन् ।

उनले भने, ‘नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकहरुमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई निरुत्साहित गर्ने र यस्तो कार्यमा सघाउने व्यक्ति र एजेन्सीलाई कानुनी कारबाहीको दयारमा ल्याउने कार्यमा सरकार क्रिाशिल रहेको जानकारी गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?