१८ फागुन, काठमाडौं । तेस्रो टी–२० आईमा नेपाल खेलमा फर्किएको छ । दीपेन्द्रसिंह ऐरीले १५ औं ओभरको पहिलो बलमा नामिबियाका जेजे स्मिथ र लगत्तै अर्को बलमा जान निकोल लोफ्टीलाई आउट गरेपछि खेलमा नेपालले बलियो पकड जमाएको छ ।
१७ औं ओभरको पहिलो बलमा अभिनाश बोहराले जान फ्रेलिंकलाई ३७ रनमा बोल्ड गरेपछि नेपाल खेलमा हाबी बनेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नामिबियाले १७ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १४० रन बनाएको छ ।
प्रतिक्रिया 4