१९ फागुन, काठमाडौं।त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले सातौं सफलता हात पारेको छ ।
१४औं ओभरको तेस्रो बलमा विकेट लिंदै बायाँहाते तीव्र गतिकका बलर प्रतिश जिसीले नेपाललाई सातौं सफलता दिलाएका हुन् ।
जिसीले तेजा निडामानिरुलाई आउट गरे । यो उनको व्यक्तिगत तेस्रो विकेट हो ।
यसअघि उनले ८औं पहिलो बलमा कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका थिए ।
२ विकेट लिएका कुशल मल्लले नोहाक क्रस र आर्यन दत्तलाई आउट गराए ।
करणकेसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिंदै नेपाललाई सुखद सुरुआत गरेका थिए ।
प्रतिक्रिया 4