+

प्रधानसेनापति म्याराथनको उपाधि अनिशलाई, दीपक र सन्तोषी हाफ म्याराथन च्याम्पियन

२०८० फागुन  १९ गते २०:५५ २०८० फागुन १९ गते २०:५५
प्रधानसेनापति म्याराथनको उपाधि अनिशलाई, दीपक र सन्तोषी हाफ म्याराथन च्याम्पियन

१९ फागुन, काठमाडौं । पर्वतका धावक अनिश थापामगरले प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् ।

शनिबार राजधानीमा भएको म्याराथन २ घन्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै उनी च्याम्पियन बनेका हुन् । अनिशले उपाधिसँगै नगद ३ लाख र  मोटरसाइकल पनि प्राप्त गरेका छन् ।

एपीएफका किरणसिंह बोगटी २ घन्टा २३ मिनेट १५ सेकेन्डमा पूरा गर्दै दोस्रो र आर्मीका राजन रोकायले २ घन्टा २४ मिनेट २६ सेकेन्ड समय निकाल्दै तेस्रो भए । किरणले २ लाख र राजनले १ लाख रुपैयाँ पुरस्कार पाए । आर्मीका सुशीलकुमार शाही चौथो भए । उनले नगद ५० हजार पाए ।

हाफ म्याराथन खुल्ला महिलामाको उपाधि धादिङकी सन्तोषी श्रेष्ठले जितिन् । अघिल्लो साता धरान १० के रेस जितेकी सन्तोषीले १ घन्टा १६ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन । उनले स्कुटर र २५ हजार रुपैयाँ पुरस्कार पाइन् । नेपाल पुलिस क्लबकी राममाया बुढा १ घन्टा १७ मिनेट २६ सेकेन्डसहित दोस्रो तथा पुलिसकै राजपुरा पछाई १ घन्टा १९ मिनेट ३७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए । उनीहरुले क्रमशः ६० हजार र ३५ हजार रुपैयाँ पुरस्कार पाए ।

पुरुषतर्फ खुल्ला हाफ म्यारथनको उपाधि आर्मीकै दीपक अधिकारीले जिते । उनले निर्धारित दूरी १ घन्टा ५ मिनेट ११ सेकेन्डमा पूरा गरे । दीपकले मोटरसाइकल र ७५ हजार रुपैयाँ पुरस्कार पाए । आर्मीकै नरेन्द्र रावल दोस्रो र गजेन्द्र राईले  तेस्रो स्थान हासिल गरे । नरेन्द्रले १ घन्टा ६ मिनेटबाट दोस्रो हुँदै ५० हजार र गजेन्द्रले १ घन्टा ६ मिनेट १३ सेकेन्डबाट तेस्रो हुँदै ३५ हजार पुरस्कार पाए ।

१० किमी दौडमा छात्रातर्फ विजेश्वरी ज्ञानमन्दिरकी आयुष्मा आचार्य, शिवपुरीकी अन्जु दमै र विजेश्वरीकै करुणा खड्का शीर्ष तीनमा रहे । छात्रतर्फ चाणक्यका विश्वराम कुँवर, पिनाकलका विकेश घिमिरे र सैनिक आमाविका विमर्श विष्ट पहिलो तीन स्थानमा रहे । दुवैतर्फ विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

सैनिक अधिकृततर्फ १० किमि पुरुषमा सुरेन्द्र बस्नेत, सुरेशबहादुर कार्की र निरञ्जन बन्जरा तथा महिलामा अञ्जु गिरी, अस्मिता जीसी र सिर्जना गुरुङ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । शीर्ष तीन स्थानका विजेताले क्रमशः १०, ७ र ५ हजार पुरस्कार पाए ।

सैनिक सहचारी १० किमिमा भारतीय दूतावासका सतिश कुमार पहिलो, ब्रिटिस दूतावासका सुमन राई दोस्रो र भारतीय दूतावासका सन्तनम कुमार तेस्रो भए ।

५ किमि दौडको छात्रातर्फ वृद्धिशा अधिकारी, पुनम लामा र सदीक्षा केसी तथा छात्रतर्फ सिद्धार्थ पाण्डे, रजत विष्ट र संगम कार्की क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा विजयी भए ।

अनिश थापा दीपक अधिकारी प्रधानसेनापति खुला म्याराथन सन्तोषी अधिकारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०