+

भ्यालेन्सियासँग रियलको पुनरागमन बराबरी

२०८० फागुन  २० गते १०:०८ २०८० फागुन २० गते १०:०८
भ्यालेन्सियासँग रियलको पुनरागमन बराबरी

२० फागुन, काठमाडौं । भिनिसियस जुनियरले दुई गोल गरेपछि शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा भ्यालेन्सियासँग २-२ को बराबरी खेलेको छ । दुई गोलले पछि परेको स्थितिमा रियलले दुई गोल गर्दै पुनरागमन बराबरी गरेको हो ।

ह्युगो डुरोले २७औं र रोमन यारेमचुकले ३०औं मिनेटमा गोल गरेपछि भ्यालेन्सियाले पहिलो आधा घण्टामै २-० को अग्रता बनाएको थियो । तर रियलले पुनरागमन गर्‍यो ।

भिनिसियसले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै रियललाई खेलमा फर्काए । त्यसपछि भिनिसियसले नै ७६औं मिनेटमा रियलका लागि दोस्रो गोल गरे ।

खेलको इन्जुरी टाइममा रियलका जुड बेलिङघहम रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए ।

जितपछि रियलले २७ खेलबाट ६६ अंक जोडेको छ र दोस्रो स्थानको जिरोनामाथि ७ अंकको अग्रता बनाएको छ । जिरोनाको २६ खेलबाट ५९ अंक छ ।

ला लिगाकै अन्य खेलमा सेभियाले रियल सोसिडाडलाई ३-२ ले हरायो भने राया भालेकानो र काडिजले १-१ तथा गेटाफे र लस पलमसले ३-३ को बराबरी खेले ।

स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय