
२० फागुन, काठमाडौं । यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलोपटक आज काठमाडौंमा वर्षा भएको छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
वर्षाका कारण कामकाजमा हिँड्नुपर्नेहरु समस्यामा परेका छन् । पैदल हिँड्नुपर्ने, साइकल तथा मोटरसाइकल चलाउनेहरु वर्षाका कारण प्रभावित भए ।
क्याम्पस जाने र फर्किने क्रममा कतिपय छात्रछात्राहरु पानीमा रुझ्दै र साथीको छातामा ओत लागेर हिँडिरहेका थिए । साइकलमा सामान बोक्ने, फुटपाथमा ब्यापार गर्ने, ट्राफिक प्रहरीहरु पानी पर्दा पनि आफ्नो काममै जुटिरहेका छन् ।
प्रिमनसुन अवधिमा स्थानीयस्तरमा प्रणाली विकास भई वर्षा हुने गर्दछ । यसै अवधिमा चट्याङ पनि पर्दछ ।
यस वर्ष गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि हिउँदको थियो । हिउँदले बिदा लिए पनि पश्चिमी वायुको प्रभाव अझै केही बाँकी नै रहेको महाशाखाले जनाएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4