
२० फागुन, काठमाडौं । आगामी बजेट (आव) २०८१/८१ मार्फत सम्बोधन गरिनु पर्ने भन्सारसँग सम्बन्धित विषयमा राजस्व परामर्श समितिलाई राय सुझाव दिन गठित भन्सार उपसमितिले सर्वसाधारण तथा सरोकारवालासँग सुझाव माग गरेको छ ।
भन्सार सम्बन्धी ऐन–नियममा गरिनु पर्ने सुधार, भन्सार दर पुनरावलोकन, उत्पादनलाई भन्सारका दरमार्फत गर्नुपर्ने संरक्षण, भन्सार मूल्यांकन प्रणालीमा सुधार, प्रक्रियागत सरलीकरण, व्यापार सहजीकरण, भन्सार सम्बन्धित प्रशासन र संगठन सुधारबारे सुझाव माग गरिएको हो ।
विभागको नीति महसुल शाखामा सुझाव पठाउन भनिएको हो । यस्तो सुझाव ३० फागुन भित्र पठाउन समेत भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4