
२० फागुन, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले फुटपाथ व्यापारी र स्वरोजगार श्रमिकमाथि काठमाडौं महानगरपालिकाले गरेको बल प्रयोगको विरोध गरेको छ ।
केही दिनअघि सुन्धारा क्षेत्रमा फुटपाथ व्यापारीमाथि काठमाडौंको नगर प्रहरीले लाठी प्रहार गरेको थियो । फुटपाथ ब्यापारीलाई नगर प्रहरीले सांघातिक आक्रमण गरेको भन्द ट्रेड युनियन कांग्रेसले विरोध जनाएको छ ।
सम्वाद र छलफलबाट समस्याको समाधान गर्न सकिने विकल्प हुँदाहुँदै नगर प्रहरी लगाएर धरपकड गर्र्नु बेठीक भएको ट्रेड युनियन कांग्रेसको भनाइ छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आइतबार विज्ञप्ति निकालेर घाइते श्रमिकको निशुल्क उपचारको माग गरेका छन् ।
बल प्रयोग गरी हटाउनु समस्याको समाधान नभएकाले दीर्घकालीन व्यवस्थापनका लागि निश्चित स्थान र समयको विकल्प निकाल्न ट्रेड युनियन कांग्रेसले महानगरको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया 4