
२१ फागुन, काठमाडौं । दलहरु आन्तरिक छलफलमा व्यस्त भएपछि कानुन समितिको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोध प्रतिवेदनको मस्यौदालाई टुंगो लगाउन आज बिहान ७ः४५ बजे समितिको बैठक बोलाइएको थियो ।
नेपाली कांग्रेसका केही सांसदहरु भने समयमै बैठक कक्षमा पुगेका छन् । जीवन परियार, सुशिला थिङ, सुनिल शर्मा लगायतका नेताहरु बैठक कक्षमा पुगेका छन् ।
केही समयपछि एमालेकी सांसद प्रतिक्षा तिवारी पनि बैठक कक्षमा पुगेकी छन् । तर बैठक भने सुरु भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4