
काठमाडौं । आमिर खानको निर्माण तथा किरण रावको निर्देशन रहेको बलिउड फिल्म ‘लापता लेडिज’ भारतीय बक्स अफिसमा हिट सावित भएको छ ।
पाँच करोड भारु बजेटमा बनेको फिल्मले तीन दिनमा आफ्नो लगानी उठाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मले तीन दिनमा ६.३६ करोड कमाइ गरेको छ ।
पहिलो दिन ‘लापता लेडिज’ले भारतमा १.२ करोड कलेक्सन गरेको थियो भने विश्वव्यापी रुपमा १.७० करोड भारु ओपनिङ गरेको थियो । दोस्रो दिन १.६० करोड कमाएको फिल्मले तेस्रो दिनसम्म ६.३६ करोडको आँकडा पार गरेको हो ।
फिल्ममा नितान्शी गोयल, रविन किशन, प्रतिभा रान्टा, स्पर्श श्रीवास्तव, छाया कदम र गीता अग्रवाल शर्माको मुख्य भूमिका छ । फिल्मको निर्मातामा आमिर खानका साथै ज्योति देशपाण्डे छिन् । फिल्मको पटकथा तथा संवाद स्नेहा देसाईले लेखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4