२१ फागुन, काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर प्रिती राईको घुँडाको शल्यक्रिया भएको छ ।
वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत जोर्डनसँगको फाइनल खेलमा घाइते भएकी प्रितीको घुँडाको सोमबार बीएन्डबी अस्पतालमा शल्यक्रिया गरिएको हो ।
उनको दायाँ घुँडाको मेनिस्कसको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अब उनी तीन महिनापछि मैदान फर्किने अनुमान छ ।
यसअघि महिला टिमकी फिजियो नविना श्रेष्ठले प्रितीको ल्याट्रल मिनिस्कस टियर भएको जानकारी दिँदै यो चोट ३ महिनामा ठिक हुने बताएकी थिइन् ।
प्रतिक्रिया 4