+

एनएनआईपीएल स्पोर्ट्स अवार्ड चैत १२ गते हुने

२०८० फागुन  २१ गते २०:१८ २०८० फागुन २१ गते २०:१८
एनएनआईपीएल स्पोर्ट्स अवार्ड चैत १२ गते हुने

२१ फागुन, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए)को आयोजनामा हुने एनएनआइपिए स्पोर्टस अवार्ड अर्को महिना हुने भएको छ ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै अवार्डको १८ औं संस्करण चैत १२ गते आयोजना हुने जानकारी दिएको हो ।

गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेलको प्रदर्शनका आधारमा सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीहरुलाई वर्ष उत्कृष्ट खेलाडी-२०७९ बाट अवार्ड प्रदान गरिनेछ ।

एनएनआइपिएका‌ सदस्य र अवार्डका संयोजक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए ।

यस पटक अवार्ड कार्यक्रम ललितपुरमा हुने आयोजकले जनाएको छ । केही स्थाहरुमा कुरा भइरहेपनि आयोजना स्थथल टुङ्गो लाग्न बाँकी रहेको एनएनआईपीएका सचिव मन्देकाजी श्रेष्ठले जानकारी दिए ।

एनएनआईपीएले विगतका केही वर्षदेखि यो कार्यक्रम उपत्यकाका काठमाण्डौ, ललितपुर तथा भक्तपुरमा रहेको ऐतिहासिक, सांस्कृतिक सहरहरुमा आयोजना गर्दै आएको छ । अवार्ड ३६ खेलका उत्कृष्ट खेलाडीले खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट खेलाडीहरु मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट घोषित गर्दै नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ । एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडीबाट सम्मान गरिनेछ । उनीहरूले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी एकजना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्वबाटसम्मानित गरिनेछ भने एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिनेछ । दुवैको पुरस्कार राशी ३५ हजार रुपैयाँ रहेको छ । । वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानबाट एक जनालाई सम्मान गरिनेछ र नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ ।

एनएनआइपिए अवार्डबाट सम्मानित हुने ३६ खेलमा फुटबल,साइक्लिङ, भलिबल ,एथ्लेटिक्स, फेन्सिङ, तेक्वाण्डो, ह्याण्डबल,जिम्नाष्टिक, लन टेनिस, गल्फ, हक्की, सफ्ट टेनिस, उसु, स्वीमिङ, स्क्वास,भारोत्तोलन, ट्रायथलन, क्रिकेट, सुटिङ, आईटीएफ तेक्वान्दो,फूल कन्ट्याक्ट करातेका, जुडो, कुस्ती, रग्बी, व्याडमिन्टन, बास्केटबल, आर्चरी, कबड्डी, टेबल टेनिस, कराते, शारीरिक सुगठन, खो खो, प्याराग्लाइडिङ, बक्सिङ, बुद्धिचाल, सेपाकटाक्रो छन् ।

अवार्ड कार्यक्रम गर्न २० देखि २२ लाख खर्च हुने एनएनआइपिएका महासचिव शिव सुन्दर गोथेले बताए ।

एनएनआईपीएल स्पोर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय