२२ फागुन, काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएयको छ ।
नेपाल र नेदरल्याण्ड्सबीचको भिडन्त हेर्न कीर्तिपुर क्रिकेट मैदानमा ठूलो संख्यामा दर्शक पुगेका छन् ।
शनिबार बाहेक हुने खेलमा प्रायः दर्शक नहुने भए पनि नेदरल्याण्ड्सविरुद्धको फाइनल हेर्न दर्शकहरु कीर्तिपुर पुगेका हुन् ।
खेलाडीको मनोबल बढाउन अनेक प्लेकार्ड सहितका दर्शकहरुले लगातार हुटिङ गरिररहेका छन् ।
टी–२० विश्वकप तयारी अन्तर्गत कीर्तिपुरमा नेपाल, नदेरल्याण्ड्स र नामिबियाबीच सिरिज आयोजना गरिएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4