+

कुशलले लिए एकै ओभरमा दुई विकेट

२०८० फागुन  २२ गते १४:०४ २०८० फागुन २२ गते १४:०४
कुशलले लिए एकै ओभरमा दुई विकेट

२२ फागुन, काठमाडौं । कुशल मल्लले एकै ओभरमा नेदरल्याण्ड्सका दुई विकेट लिएका छन् ।

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले नवौं ओभरमा २ विकेट गुमाएको हो ।

नवौं ओभरमा बलिङमा आएका उनले पहिलो बलमा नै म्याक्स ओडाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । ओडाउड व्यक्तिगत २३ रनमा आउट भएका हुन् ।

त्यसपछि पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराए ।

लेभिट आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ८४ रन छ । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

कुशल मल्ल नेपाल भर्सेस नेदरल्याण्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय