+

नेदरल्याण्ड्सको तेस्रो विकेट गयो, अविनाशलाई पहिलो सफलता

२०८० फागुन  २२ गते १४:३२ २०८० फागुन २२ गते १४:३२
नेदरल्याण्ड्सको तेस्रो विकेट गयो, अविनाशलाई पहिलो सफलता

२२ फागुन, काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको तेस्रो विकेट गएको छ ।

१५.२ ओभमा अविनाश बोहराले विक्रमजित सिंहलाई व्यक्तिगत २९ रनमा कुशल मल्लको हातबाट क्याच आउट गरेका हुन् । उनी आउट हुँदा नेदरल्याण्ड्सको १३३ रन छ ।

यसअघि नवौं ओभरमा कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका थिए ।

नवौं ओभरमा बलिङमा आएका उनले पहिलो बलमा नै म्याक्स ओडाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । ओडाउड व्यक्तिगत २३ रनमा आउट भएका हुन् ।

त्यसपछि पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराए ।

लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

अविनाश बोहरा नेपाल भर्सेस नेदरल्याण्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय