+
+

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १०:४५

२३ फागुन, काठमाडौं । दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको छ । हिजो मंगलबार त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो । बुधबार फेरि ५ सय रुपैयाँ बढेपछि अर्को उच्च रेकर्ड कायम भयो । बुधबार सुनको मूल्य तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

फागुनको ३ गते तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ रहेको सुन २० दिनमै ७ हजार रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमै छोटो समयमै उच्च दरले मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४४५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४४० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?