+

लुम्बिनी कप महिला भलिबलको उपाधि एपीएफ क्लबलाई

२०८० फागुन  २४ गते ६:३५ २०८० फागुन २४ गते ६:३५
लुम्बिनी कप महिला भलिबलको उपाधि एपीएफ क्लबलाई

२४ फागुन, पाल्पा । पाल्पाको रामपुरमा बुधबार सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

रामतुल्सी माविको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३–२ सेटले पराजित गरेर च्याम्पियन बनेको हो ।

खेलमा एपीएफले सुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गरेको थियो । पहिलो र दोस्रो सेट बागमती प्रदेशले २५–१८, २५–१७ ले जितेको थियो । तर त्यसपछिमा तीन सेट एपीएफले २५–१९, २५–१७, १८–१६ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

बागमती क्लबकी रीमा कुंवर फाइनल खेलको प्लेयर अफ द म्याच बन्न सफल भइन् ।

एपीएफले कोशी प्रदेशलाई र बागमतीले लुम्बिनी प्रदेशलाई पराजित गरेर फाइनल प्रवेश गरेका हुन् ।

विजेता एपीएफले नगद दुई लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला भलिबल संघ पाल्पाले जनाएको छ । उप विजेतामा भएको बागमती प्रदेशले एक लाख ५० हजार नगदसँगै ट्रफी, मेडल, प्रमाणपत्र पायो ।

यस्तै कोशी प्रदेशलाई सोझो सेटमा पराजित गरेर लुम्बिनी तेस्रो बन्यो । लुम्बिनीले कोशीलाई २५–१०, २५–१६, २५–२२ को हरायो । लुम्बिनीकी मीना सुनार खेलको प्लेयर अफ द म्याच भइन् ।

तेस्रो भएको लुम्बिनीले नगद ७५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । सान्त्वनाको रुपमा कोशीले नगद ३५ हजारसहित ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी घोषित भइन् । यसैगरी उत्कृष्ट स्पाइकर लुम्बिनीकी मीना सुनार, उत्कृष्ट सेटर बागमतीकी प्रगति नाथ, उत्कृष्ट डिफेन्डर बागमतीकै सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट कोच एपीएफकै महेश चौधरी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा विभागीय टोली एपीएफ क्लब र सात प्रदेश गरी कूल ८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

महिला भलिबल लुम्बिनी कप राष्ट्रिय महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय